१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ श्रावण २० मंगलबार ११:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बुहारीलाई बोक्सीको आरोप लगाउने सासूससुरासहित चारजना प्रहरी नियन्त्रणमा  

Read Time : < 1 मिनेट
२०७७ श्रावण २० मंगलबार ११:३८:००

जिल्ला प्रहरी कार्यालय लमजुङले एक महिलालाई बोक्सीको आरोप लगाएको अभियोगमा चारजनालाई पक्राउ गरेको छ।

प्रहरीले   मर्स्याङ्दी गाउँपालिका– ८ बस्ने २८ वर्षीया  विष्णुमाया तामाङलाई बोक्सीको आरोप लगाएको अभियोगमा पीडित तामाङका ससुरा ६५ वर्षीय गोरेबहादुर तामाङ, सासू ६२ वर्षीया कौरीमाया तामाङ, जेठानी आसकुमारी तामाङ र स्याङ्जा भिरकोट नगरपालिका– ९ बस्ने धामी काम गर्ने रामप्रसाद गुरुङलाई पक्राउ गरेको हो।

प्रहरी नियन्त्रणमा लिएका चारैजनालाई लमजुङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए।

आरोपी तामाङको जाहेरीको आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।