Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ श्रावण २० मंगलबार १०:०४:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

भदौदेखि लमजुङको घलेगाउँमा पर्यटक आगमन खुला

Read Time : < 1 मिनेट
२०७७ श्रावण २० मंगलबार १०:०४:००

पहिलो चरणमा जिल्लाभित्रका पर्यटकलाई मात्रै प्रवेश खुला

काेभिड- १९ का कारण बन्द रहेको लमजुङको घलेगाउँ होमस्टे भदौ १ गतेदेखि सञ्चालनमा आउने भएको छ । घलेगाउँमा भदौ १ देखि आन्तरिक पर्यटक आगमन खुला गरिने घलेगाउँ होमस्टे व्यवस्थापन समितिले जनाएको छ । 

'स्मार्ट भिलेज' घलेगाउँमा भदौ १ बाट पर्यटक आगमन खुला गरिएसँगै अब पर्यटकले यहाँ घुमफिर गर्न पाउने भएका छन् ।  बन्दाबन्दीसँगै घरवास व्यवसाय संकटमा परेकाले भदौ १ गतेबाट पर्यटकलाई प्रवेश गर्न दिइने र पर्यटन  व्यवसायलाई खुला गरिने घलेगाउँ पर्यटन व्यवस्थापन समिति घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताए । 

‘चार महिनासम्म सुस्ताएको पर्यटन व्यवसायलाई अघि बढाउन पर्यटकलाई प्रवेश खुला गरिने भएको छ,’ अध्यक्ष घलेले भने, ‘घलेगाउँमा पहिलो चरणमा जिल्लाभित्रका पर्यटकलाई मात्रै प्रवेश खुला गरिएको र त्यसपछि कोरोना भाइरस संक्रमणको अवस्था हेरी अन्य जिल्लाका आन्तरिक पर्यटकलाई पनि प्रवेश दिइने छ।’

घलेगाउँ पर्यटन व्यवस्थापन समितिका सचिव उमलबहादुर विकले सुरक्षा सतर्कता अपनाएर मात्र पर्यटकलाई प्रवेश गराइने बताए । उनले भने, ‘घलेगाउँ पुग्ने पर्यटकले अनिवार्य मास्क लगाउनुपर्ने र स्थानीयले पनि अनिवार्य मास्क लगाउनुपर्ने नियम बनाइएको छ ।’

१२ घरबाट सुरु गरिएको होमस्टे हाल ३४ घरमा सञ्चालन गरिएको छ ।  घलेगाउँमा ०५७  सालबाट होमस्टे सञ्चालनमा ल्याइएको हो ।