मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ श्रावण १९ सोमबार २०:३२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

मुख्यमन्त्री कार्यालयका ६ कर्मचारीलाई कोरोना संक्रमण

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ श्रावण १९ सोमबार २०:३२:००

प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीसहित धनुषाका ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पताल जनकपुरमा गरिएको स्वाब परीक्षणको क्रममा मुख्यमन्त्री कार्यालयका एक अधिकृत, एक ट्राफिक प्रहरी, दुई सवारीचालक र दुईजना कार्यालयकै अन्य कर्मचारीसहित ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । दुई दिनअघि गरिएको स्वाब संकलनको नतिजा आइतबार राति आएपछि उनीहरूमा संक्रमण पुष्टि भएको प्रजिअ भट्टराईले बताए । 

प्रदेशका अन्य मन्त्रालयमा समेत कर्मचारी तथा पदाधिकारीको स्वाब संकलन जारी रहेको स्वास्थ्य निर्देशनालयका उपसचिव विजय झाले जानकारी दिए । यसअघि प्रादेशिक अस्पताल जनकपुरका १४ जना कर्मचारीमा समेत कोरोना संक्रमण भएको जनाइएको  छ । संक्रमित हुनेहरूमा स्टाफ नर्स, परामेडिकल कर्मचारी, ल्याब कर्मचारी र सरसफाइ कर्मचारी रहेको अस्पतालले जनाएको छ ।