१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण १९ सोमबार १७:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गृह मन्त्रालयका प्रवक्तामा सहसचिव बुढा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण १९ सोमबार १७:३०:००

गृह मन्त्रालयले नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिएको छ । 

गृह मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखका रूपमा रहेका बुढालाई आज गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको शान्तिसुरक्षा महाशाखा प्रमुखसहित प्रवक्ताको जिम्मेवारी दिइएको हाे । 

राससका अनुसार गृह मन्त्रालयमा शान्तिसुरक्षा महाशाखा प्रमुख नै प्रवक्ता हुने व्यवस्था छ ।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माको केही दिनअघि मात्रै गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सरुवा भएपछि गृह प्रवक्ता र शान्तिसुरक्षा महाशाखा खाली थियो ।