मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण १९ सोमबार १६:५९:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

क्रिकेट खेलाडी सन्दीप १४ दिन क्वारेन्टाइनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण १९ सोमबार १६:५९:००

क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिनको क्वारेन्टाइनमा राखिएको छ । सिपिएल खेल्ने सन्दीपलगायत सम्पूर्ण खेलाडीलाई आइतबारदेखि क्वारेन्टाइनमा राखिएको हो । 

सिपिएल आगामी भदौ २ गतेदेखि सुरु हुँदै छ । ‘प्रतियोगिताअघि सबै खेलाडीले अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने आयोजकले नियम बनाएको छ, त्यसैअनुसार अन्य खेलाडीले जस्तै सन्दीप पनि क्वारेन्टाइनमा बस्नुपरेको हो,’ उनका व्यवस्थापक रमन सिवाकोटीले भने । 

यसबीचमा सन्दीपले आफ्नो पिसिआर परीक्षणसमेत गराउनुपर्ने उनले बताए । ‘पिसिआर परीक्षणपछि मात्र त्यसको नतिजा हेरेर सिपिएल खेल्न पाइनेछ,’ उनले भने । 
 
सन्दीप कोरियन एयरको चार्टर्ड जहाजमार्फत बिहीबार दक्षिण कोरिया र त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एन्ड टोबागो गएका हुन् ।रासस