मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण १९ सोमबार १६:५२:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेमा सामान्य सुधार, कुन कम्पनीको कति बढ्यो ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण १९ सोमबार १६:५२:००

साताको पहिलो दिन उच्च अंकको गिरावट आएको धितोपत्र बजारमा आज भने सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ७.५९ अंकले बढेर एक हजार ४०३.८६ पुगेको छ ।

 यस्तै सेन्सेटिभ परिसूचक १.४७ अंकले बढेर २९४.२४ पुगेको छ । आज कुल १९० कम्पनीका ५३ लाख ४२ हजार ५८१ कित्ता शेयर रु एक अर्ब २९ करोड दुई लाख २५ हजार २१३ मा खरिद–बिक्री भए । आज कारोबार भएका कुल १२ मध्ये तीन उपसमूहको सेयर ओरालो लागेको छ । 

जलविद्युत् ३.५५ अंकले घट्दा वित्त ०.८४ र सामूहिक लगानी कोष ०.०६ अंकले घटेका छन् । यस्तै बैंकिङ ७.०५, व्यापार ९.४४, होटेल ३३.७७, विकास बैंक ६.२४, निर्जीवन बिमा ४६.७१, उत्पादन ८.१५, अन्य ३.८२, लघुवित्त १५.७३ र जीवन बिमा ५८.७८ अंकले बढेका छन् । 

कारोबार रकमका आधारमा आज प्रभु बैंकको संस्थापक सेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको सेयर रु. ३४ करोड २९ लाख ६० हजार ५०० मा खरिद–बिक्री भयो । यस्तै नेपाल पुनर्बिमा कम्पनीको रु. १० करोड चार लाख १७ हजार ६३९, नेपाल लाइफ इन्स्योरेन्सको रु. ६ करोड ३२ लाख १४ हजार ८८, एनआइसी एसिया बैंकको रु. पाँच करोड १५ लाख ५१ हजार ७६६, एनएमबी बैंकको रु. चार करोड ५५ लाख ७९ हजार ३४८ र नबिल बैंकको सेयर रु. तीन करोड ४९ लाख ३७ हजार ४४४ मा खरिद–बिक्री भयो । 

अजोड इन्स्योरेन्सका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतले कमाए । यस्तै आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था ९.९२, नेपाल फाइनान्स ९.४६, नेपाल सेवा लघुवित्त  वित्तीय संस्था ७.२७ र ग्रिन डेभलपमेन्ट बैंकका सेयरधनीले ६.५४ प्रतिशतले कमाए । 
    
 दिव्यश्वरी हाइड्रोपावर प्रालिका सेयरधनीले ६.९० प्रतिशतले गुमाए । युनियन हाइड्रोपावर ६.५६, जोशी हाइड्रोपावर डेभलपमेन्ट ६.१५, छ्याङ्दी हाइड्रोपावर ५.३८ र युनाइटेड फाइनान्सका लगानीकर्ता ५.३२ प्रतिशतले गुमाए । रासस