१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण १९ सोमबार १६:२०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काेराेना मिटर : थप चार सय १८ मा संक्रमण पुष्टि, कुल संक्रमितकाे संख्या २० हजार सात सय ५० पुग्याे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण १९ सोमबार १६:२०:००

पछिल्लाे २४ घन्टामा थप चार सय १८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

याेसमेत हालसम्म संक्रमित हुनेकाे संख्या २० हजार सात सय ५० पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

याे अवधिमा तीन सय ५८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । 

मन्त्रालयले साेमबार गरेकाे  मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गाैतमले हाल नेपालमा परीक्षण दर १ दशमलव ३ प्रतिशत रहेकाे बताए । 

हालसम्म निको भई डिस्चार्ज हुनेको संख्या १४ हजार नौ सय ६१ पुगेको छ ।

सक्रिय संक्रमित भने पाँच हजार सात सय ३२ जना छन् ।

गौतमले क्वारेन्टाइनमा बस्नेको संख्या १० हजार चार सय ४५ रहेको जानकारी दिए ।