मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ श्रावण १९ सोमबार १५:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्णाली प्रदेश प्रहरीले एक सय तीनजना फरार प्रतिवादी पक्राउ गर्‍यो

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ श्रावण १९ सोमबार १५:३८:००

कर्णाली प्रदेश प्रहरीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न थालेको छ । प्रदेश प्रहरी कार्यालयले अभियान नै चलाएर फरार रहेको प्रतिवादीलाई पक्राउ गर्न थालेको हो । 

प्रदेश प्रहरी कार्यालयले वैशाखयता अभियान नै चलाएर अदालतबाट फरार रहेका प्रतिवादीलाई पक्राउ गर्न थालिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी राजेशनाथ बाँस्तोलाले बताए । 

‘वैशाखयता एक सय तीनजना फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको छ,’ उनले भने, ‘कर्णालीका सबै जिल्लामा अदालतले कैद तथा जरिवाना सुनाएका एक हजार नाै सय ६९ जना प्रतिवादी अझै फरार छन् ।’

विभिन्न अभियोगमा अदालतले कैद सजाय सुनाएका सुर्खेतका  पाँचजना, दैलेखमा तीनजना जाजकोटमा एकजना, सल्यानमा ८९ जना, डोल्पामा दुईजना, जुम्लामा एकजना र रुकुम पश्चिममा एकजना प्रतिवादी पक्राउ गरिएको प्रवक्ता बाँस्तोलाले बताए । ‘यी सबैको ६५ वर्ष ६ महिना तीन दिन कैद भुक्तानी गर्न बाँकी रहेको छ,’ उनले भने, ‘यी सबै प्रतिवादीबाट ११ लाख १३ हजार चार सय २४ रुपैयाँ जरिवाना असुल गरिएको छ ।’