मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण १९ सोमबार १५:३३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

धरानमा खानेपानी मुहानको पाइप तोडफोड

Read Time : > 1 मिनेट
२०७७ श्रावण १९ सोमबार १५:३३:००

धरानस्थित सर्दुखोला मुहानको पाइपलाइन तोडफोड भएको छ । 

खानेपानी संस्थानको धरान शाखाका प्रमुख रामकुमार श्रेष्ठ र स्थानीय हर्क साम्पाङ राईसहितको २५–३० जनाको समूहले धरान खानेपानी व्यवस्थापन बोर्डले निर्माण गरेको पाइपलाइन फुटाइदिएका बोर्डले जनाएको छ । 

धरानमा एसियाली विकास बैंकको सहयोगमा धरान उमपहानगरपालिकाले सञ्चालन गरेको खानेपानी परियोजना र संस्थानबीच लामो समयदेखि विवाद हुँदै आएको छ । 

मन्त्रीस्तरमा संस्थानको सम्पत्ति र दायित्व हस्तान्तरण खानेपानी बोर्डमा गर्ने निर्णय भए पनि कार्यान्वयन हुन सकेको छैन ।

धरान–१३ फुस्रे सिस्टममा आउने सर्दु र खर्दुको मुहानमा दुई दिनअघि बिछ्याइएको पाइपलाइन भत्काएको धरान उपमहानगरपालिकाअन्तर्गत बोर्डका व्यवस्थापक इन्जिनियर राजु पोखरेलले जानकारी दिए । 

मुहानका विभिन्न ठाउँमा मुख्य पाइलाइन र पानी शुद्धीकरण गर्ने ट्यांकीमा जाने अन्य पाइपलाइन पूर्ण रूपमा क्षति पुऱ्याएको र क्षतिको विवरण लिने काम भइरहेको इन्जिनियर  पोखरेलले जानकारी दिए । 

उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयरमा चुनाव लडेका हर्क साम्पाङले केही व्यक्तिहरूलाई लिएर गई आइतबार साँझ ४ बजे तोडफोड गरेको आरोप छ । 

साम्पाङ बोर्डमा भ्रष्टचार भएको भन्दै खानेपानी संस्थानलाई बोर्डमा गाब्न नहुने भन्दै विरोधमा उत्रिएका छन् । 

खानेपानी संस्थानका प्रमुख रामकुमार श्रेष्ठका अनुसार आइतबार साम्पाङको एक सयजनाको समूह पानी धमिलो आयो भनेर संस्थानमा आएको र मुहानमा हेर्न जाने भनेपछि आफूलाई पनि दबाब दिएर लिएर गएको बताए । 

संस्थान र बोर्डको पाइप बेग्लाबेग्लै बनाउनुपर्ने भन्दै उनीहरूले निकालिदिएको उनले बताए । 

नेकपा धरानका अध्यक्ष नारायण सुवेदीले संस्थानकै प्रमुखको नेतृत्वमा भएको पाइपलाइन तोडफोड गर्नेलाई कडा कारबाही गर्न माग गरेका छन् । 

उनीहरूलाई खर्च भर्पाई गरेर जस्ताको तस्तै बनाउन लगाउनुपर्ने अध्यक्ष सुवेदीले बताए । 

‘धराने जनताले पानी खान नपाइरहेको वेला पाइपलाइन विस्तार गरिएको अवस्थामा जिम्मेवार मान्छेको उपस्थितिमा यस्तो हर्कत उचित होइन । यसको जिम्मेवारी संस्थानले लिनुपर्छ,’ नेकपा अध्यक्ष सुवेदीले भने ।