१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १९ सोमबार १५:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मलेसियामा निर्घात कुटिएका पीडित र कुट्ने पीडक दुवै दूतावासकाे सम्पर्कमा, पीडक स्थानीय प्रहरीमा उपस्थित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १९ सोमबार १५:०१:००

मलेसियामा सेक्युरिटी गार्डकाे काम गर्ने एकजनालाई निर्घात कुटेकाे भिडियाे भाइरल भयाे । त्याे भिडियाेमा देखिएका पीडित र पीडक दुवै नेपाली भएकाे पुष्टि भएपछि मलेसियास्थित नेपाली दूतावासले चासाे देखाएर दुवैलाई  दूतावासमा झिकाएकाे जनाएको छ । 

दूतावासले विज्ञप्ति जारी गरी घटनाका पीडित र पीडक दुवैजना नेपाली रहेको र उनीहरू दूतावासको सम्पर्कमा आएको पुष्टि गरेकाे छ । 

दूतावासले ती दुवैजना कार्यरत रहेको सुरक्षागार्डसम्बन्धी सेवा उपलब्ध गराउने कम्पनी पिआइकेएमलाई उक्त घटनाबारे सत्यतथ्य बुझ्न अनुरोध गरेको पनि जनाएको छ । 

उक्त घटनामा पीडित रहेका व्यक्ति नेपालको नवलपरासी जिल्लाका इस्लाम हुसेन रहेको र पीडक कपिलवस्तु जिल्लाका श्रीरामगोपाल मुराउ रहेको दूतावासले जनाएको छ । 

उनीहरू दुवैजना मलेसियाको कानुनअनुसार अवैधानिक रूपमा रहेको पनि दूतावासले उल्लेख गरेकाे छ । 

उक्त घटना ७ जुलाई २०२० बिहान करिब १० बजे भएको उनीहरूले बताएकाे दूतावासको भनाइ छ । र, उक्त घटना क्वालालम्पुरस्थित एम थ्री मलमा भएको थियो । 

घटनामा संलग्न दुईमध्ये पीडक सेक्युरिटी सुपरभाइजरका रूपमा कार्यरत रहेको र पीडित व्यक्ति सेक्युरिटी गार्डका रूपमा कार्यरत रहेको दूतावासले जनाएको छ । 

घटनामा पीडकका रूपमा संलग्न मुराउ स्वेच्छाले नै सोमबार मलेसियाली प्रहरीसमक्ष उपस्थित भएका छन् । 

अब घटनाको छानबिन मलेसियाली प्रहरीले गर्ने दूतावासले जनाएको छ ।