मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण १९ सोमबार १४:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

करेन्ट लागेर दाजुभाइको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ श्रावण १९ सोमबार १४:५१:००

जंगली बँदेल मार्न थापेको विद्युतीय धरापमा करेन्ट लाग्दा दाङको घोराही उपमहानगरपालिका– १ मा सोमबार दुई दाजुभाइको मृत्यु भएको छ ।

प्रहरीका अनुसार १४ वर्षीय वीरबहादुर रावत र उनका भाइ १० वर्षीय तेजबहादुरको करेन्ट लागेर मृत्यु भएको हो । 

मकैबारीमा थापेको विद्युतीय धरापमा परेर दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

राससका अनुसार बँदेलले मकै सखाप पार्न थालेपछि त्यसलाई मार्न र धपाउनका लागि बारीमा विद्युत् जडान गरेर धराप थापिएको थियो ।

धरापमा बँदेल परेको छ कि भनेर बिहान बारीमा गएका भाइलाई करेन्ट लागेपछि छुटाउन जाँदा दुवैलाई करेन्ट लागेको प्रहरीले बताएको छ । 

छोरालाई करेन्ट लागेको देखेपछि बारीमा गएका बुबा दिलबहादुर पनि करेन्ट लागेर घाइते भएका छन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको खड्काले बताए ।