मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १९ सोमबार १४:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जापानी दूतावासबाहिर ‘नो अब्जेक्सन लेटर’ लिनेको भिड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १९ सोमबार १४:०७:००

नेपालस्थित जापानी दूतावासअगाडि जापान जान ‘नो अब्जेक्सन’ लेटर लिनेहरूको भिड लागेको छ ।

बिदामा नेपाल आएका, तर कोरोनाका कारण यतै रोकिएका नागरिकहरू पुनः जापान जानका लागि ‘नो अब्जेक्सन’ लेटर लिन लामो लाइन लागेका हुन् । 

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाका कारण सम्पूर्ण उडानहरू बन्द भएका थिए । 

अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै बिदामा नेपाल आएकाहरू यतै रोकिएका थिए । जापान सरकारले अगस्ट ५ बाट जापानले नेपालीहरूको प्रवेश खुला गरेपछि ‘नो अब्जेक्सन’ लेटर लिन दूतावास आउनुपरेको एक सेवाग्राहीले बताए । 

नयाँ भिसा भने अहिले खुलाएको छैन । यसअघि नै जापानमा बसेर अध्ययन गरिरहेका, रोजगारी गरिरहेका र बिदामा नेपाल आएका नागरिकहरू मात्रै जान पाउनेछन् ।

दूतावासले नो अब्जेक्सन लेटर दिएपछि जापान उड्नुभन्दा ७२ घन्टाअगाडि कोरोना रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने जनाएको छ । 

उपत्यकासहित देशभरि संक्रमणको जोखिम बढे पनि दूतावासमा सेवा लिन आउनेहरूले मास्क लगाउनेबाहेक अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाएको भने देखिँदैन ।

भिडियाे