Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2020
२०७७ श्रावण १९ सोमबार १४:००:००
समाचार डिजिटल संस्करण

समुदायमा महामारी फैलन थालेको भन्दै उच्च सतर्कता अपनाउन प्रदेश १ सरकारको अपिल

२०७७ श्रावण १९ सोमबार १४:००:००

समुदायस्तरमा कोरोना संक्रमण गइसकेकोले उच्च सतर्कता अपाउन प्रदेश १ सरकारले प्रदेशवासीलाई अपिल गरेकाे छ । 

प्रदेश १ मा सुरक्षाकर्मी, स्वास्थ्यकर्मीदेखि सरकारका उच्चअधिकारीहरूमा पनि कोरोना संक्रमण देखिन थालेपछि रोकथामका लागि उच्चसतर्कता अपनाउन सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले अपिल गरेका हुन् । 

जनैपूर्णिमा र रक्षाबन्धनको अवसरमा सोमबार आफ्नो फेसबुक पेजमार्फतमन्त्री कार्कीले सरकारको पूर्वानुमानअनुसार नै देशमा कोरोना भाइरस फैलिरहेको र निको पार्ने औषधि पनि नभएकोले उच्चसतर्कताको विकल्प नभएको बताएका छन् । 

जनजीवन खुकुलो बनाउन लकडाउन खुकुलो भएपछि लक्षणसहितको संक्रमतिहरूको संख्या बढेकोले कोरोना समुदायस्तरमा फैलिइसकेको मन्त्री कार्कीले उल्लेख गरेका छन् । 

उनले आफ्नो स्टाटसमा भनेका छन्, ‘महामारी सुरुमा सीमावर्ती क्षेत्र, तराईका गाउँ र सहरमा बढ्दो छ । यो भाइरस अब बिस्तारै हाम्रा गतिविधिसँगै हाम्रा घरपरिवार, पहाड र हिमालतर्फ पनि चढ्न सक्छ । त्यसैले यसको प्रकोपबाट जोगिन आवश्यक सावधानी अपनाउँदै अनावश्यक हिँडडुल नगर्न र दैनिकी चलाउँदा आवश्यक सतर्कता अपनाउन म विनम्र अपिल गर्दछु ।’