१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सागर चन्द काठमाडौं
२०७७ श्रावण १९ सोमबार १३:५७:००
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

अब चार हजारमै पिसिआर परीक्षण 

Read Time : > 1 मिनेट
सागर चन्द, काठमाडौं
२०७७ श्रावण १९ सोमबार १३:५७:००

सरकारबाट अनुमति लिएर कोरोना परीक्षण गर्दै आएको विध म्यानेजमेन्ट प्रालिले अब चार हजारमै आरटी–पिसिआर परीक्षण गर्ने भएको छ । विश्वलाई नै आक्रान्त बनाइरहेको कोभिड– १९ को महामारीमा परीक्षणको दायरा बढाउँदै छिटोभन्दा छिटो संक्रमितको पहिचान गर्ने सरकारको अभियानमा साथ दिन पाउँदा खुसी मिलेको म्यानेजमेन्टले जनाएको छ ।

प्रारम्भिक परीक्षणको नतिजाअनुसार ल्याबको क्षमता प्रयोग गर्दा रु. ४ हजारमा नै आरटी–पिसिआर परीक्षण गर्न सकिने देखिएपछि शुल्क घटाएको ल्याब प्रमुख बिके भण्डारीले बताए । उनका अनुसार महामारीको यो अवस्थामा जनताको सेवालाई ध्यानमा राख्दै ल्याब खर्च समावेश हुने गरी मात्र शुल्क राखिएको हो ।

१५ साउनबाट स्वाब संकलन गरेर परीक्षण सुरु गरेको यस ल्याबले करिब पाँच घन्टामा तयार हुँदै आएको रिपोर्ट सेवा र सुविधालाई तीव्र बनाउँदै चार घन्टामै रिपोर्ट लिन सकिने गरी काम गरिरहेको म्यानेजमेन्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

‘हाम्रो प्रयोगशालाको दैनिक नमुना परीक्षण क्षमता चार हजार दुई सयभन्दा बढी रहेको छ । सरकारले अनुमति दिएसँगै हामीले यसअघि प्रतिटेस्ट चार हजार पाँच सय  दरले गर्ने भनेर मूल्य तोकेका थियौँ,’ जारी विज्ञप्तिमा जनाइएको छ, ‘हाम्रो प्रारम्भिक परीक्षणको नतिजाअनुसार ल्याबको क्षमता प्रयोग गर्दा हाम्रो ल्याबमा रु. ४ हजारमा नै आरटी–पिसिआर परीक्षण गर्न सकिने देखिन आएको छ ।’

अन्तर्राष्ट्रिय बजारमै कोरोना परीक्षणका लागि प्रयोग हुने किटलगायत वस्तुको भारी गिरावट आइरहेकोले सरकारले तोकेको अधिकतम मूल्यभन्दा पन्ध्र सय रुपैयाँ सस्तोमा परीक्षण गर्ने तयारी कम्पनीले गरेको हो ।

काठमाडौंका ५० जना ट्राफिक प्रहरीको निःशुल्क कोरोना परीक्षण

सरकारबाट मान्यता लिएर कोभिड– १९ (कोरोना भाइरस) परीक्षणको जिम्मा पाएको विध म्यानेजमेन्ट प्रा.लिले ५० जना ट्राफिक प्रहरीको निःशुल्क कोरोना परीक्षण गरेको छ । पछिल्लो समय सुरक्षाकर्मीमा संक्रमण दर बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै म्यानेजमेन्टले निःशुल्क परीक्षण गरेको हो । 

सरकारबाट अनुमति लिएर कोरोना परीक्षण गर्दै आएको विध म्यानेजमेन्टले अब चार हजारमै आरटी–पिसिआर परीक्षण गरिरहेको छ । ट्राफिक प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि ट्राफिक महाशाखा सिल भएको थियो । म्यानेजमेन्टले काठमाडौंको थापाथलीमा कार्यरत ५० जनाको स्वाब संकलन गरिएको हो । 

ट्राफिक प्रहरी प्रवक्ता वामदेव गौतमले थापाथलीमा कार्यरत ५० जनाको स्वाब लिइएको बताएका छन् ।  म्यानेजमेन्टका अनुसार उनीहरूको रिपोर्ट चार घन्टामा नै दिने गरी तयारी गरिएको छ । 

ट्राफिक महाशाखाअन्तर्गत अहिले एक हजार चार सय ६८ प्रहरी कार्यरत छन् ।