मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण १९ सोमबार १३:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एक–अर्काबीच दूरी कायम गर्न विश्व स्वास्थ्य संगठनको अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण १९ सोमबार १३:२७:००

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि जोस भ्यान्डेलरले कोभिड– १९ संक्रमणको जोखिम न्यूनीकरणका लागि एक–अर्काबीच दूरी कायम गर्न अपिल गरेका छन् । 

पछिल्लो समय सरकारले लकडाउन हटाइसकेपछाडि मानिसले आफ्नो व्यवहारमा परिवर्तन नगरेका कारण संक्रमण बढ्दै गएको छ । संक्रमण कम गर्नका लागि एक–अर्काबीच दूरी कायम गर्नु सबैभन्दा महत्वपूर्ण रहेको छ ।

तर, मानिसहरूको भिडभाड बढ्न थालेपछि विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिधि भ्यान्डेलरले दूरी कायम गर्न अपिल गरेका हुन् । खोक्दा अथवा छुँदा अर्को व्यक्तिमा संक्रमण भइरहेको र एक–अर्काबीच दूरी कायम गर्नु नै सबैभन्दा सुरक्षित उपाय भएकाले सावधानी अपनाउन भ्यान्डेलरले अपिल गरेका हुन् । 

उनले कम्तीमा एक मिटरको दूरी कायम गरेर क्रियाकलाप गर्न ध्यान दिन आग्रह गरे ।