मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७७ श्रावण १९ सोमबार ११:२४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

विराटनगरमा उच्च अधिकारीसहित थप २२ जना संक्रमित  

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ श्रावण १९ सोमबार ११:२४:००

समुदायस्तरमा संक्रमण फैलिसकेको भन्दै नियन्त्रण गर्न  पुनः लकडाउन घोषणा भएको विराटनगर महानगरपालिकामा साेमबार बिहानसम्म थप २२ जनामा कोरोना संक्रमण देखिएको छ । 

योसँगै विराटनगरमा संक्रमितको संख्या एक सय ३४ पुगेको छ ।

संक्रमित हुनेमा प्रदेशका एक उच्च अधिकारीसहित ३३ जना प्रहरी र २० जना स्वास्थ्यकर्मीसमेत छन् । 

१७ साउनदेखि विराटनगरमा १४ दिनका लागि लकडाउन घोषणा गरिएको हो । सरकारले देशव्यापी गरेको लकडाउन खुला भएसँगै संक्रमितहरू जथाभावी हिँड्न थालेको र उनीहरूलाई फेलापार्न गाह्रो हुन थालेपछि परीक्षणको दर बढाउन र भिड नियन्त्रण गर्नका लागि महानगरपालिकाले दोस्रोपटक लकडाउन घोषणा गरेको हो ।   

विराटनगरमा हालसम्म ३० जना संक्रमित मात्रै निको भएर उपचार केन्द्रबाट डिस्चार्ज भएका छन् । महानगरपालिकाले तीनवटा पर्यटकस्तरका होटेल र अतिथि सदनसहित जम्मा नाै स्थानमा क्वारेन्टाइन सञ्चालन गर्दै आएको छ । 

जनस्वास्थ्य महाशाखाका अनुसार हालसम्म विराटनगर महानगरमा २५ सयभन्दा बढीको पिसिआरका लागि नमुना संकलन  भइसकेको छ । संकलित नमुनामध्ये तीन सयको परीक्षण रिपाेर्ट आउन बाँकी छ ।