१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १९ सोमबार ०६:१८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेलको विशेष अनलाइन कक्षाका लागि प्याब्सन र एनप्याब्सनसँग सहकार्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १९ सोमबार ०६:१८:००

एनसेल प्राइभेट लिमिटेडले अनलाइन शिक्षा तथा सिकाइका लागि भ्वाइस, डेटा र एसएमएसको बन्डलसहितको सेवा दिने भएको छ । कम्पनीको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) र निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन)सँग मोबाइल कनेक्टिभिटी प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौताअनुसार अनलाइन कक्षा तथा सिकाइका लागि विद्यार्थी, शिक्षक–शिक्षिका र विद्यालयहरूलाई सुलभ दरमा मोबाइल सेवाको पहुँच सुनिश्चित गर्ने गरी विशेष मासिक योजना सञ्चालन गर्ने जनाइएको छ ।

विद्यार्थीले करबाहेक मासिक २ सय ५० रुपैयाँमा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजी–फोरजी डेटा, २ जिबी फोरजी डेटा, सियुजी नम्बरमा कल गर्न हरेक दिन १ सय २० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा पाउने एनसेलले जनाएको छ । 

एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले कोभिड–१९ को संक्रमण चुनौतीका कारण कनेक्टिभिटी र टेक्नोलोजी प्रयोग गर्दै अबको ‘न्यू नर्मल’सँग अभ्यस्त हुने अवसर आएको बताए ।

एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले विद्यालयहरूमा पठनपाठन कहिलेदेखि सञ्चालन हुने निश्चित नभएको अहिलेको अवस्थामा अनलाइन माध्यमबाट विद्यार्थी र शिक्षक–शिक्षिकालाई अध्ययन–अध्यापनमा सहयोग पु-याउनका लागि एनसेलसँगको यस सहकार्यले सहज हुने बताए । प्याब्सनका अध्यक्ष टीकाराम पुरीले विद्यालयहरूले हालका लागि भर्चुअल रूपमा नै कक्षाहरू सञ्चालन गर्ने सरकारको नीतिमा यस सहकार्यले सहयोग पु-याउने बताए ।