Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
करण ताम्राकार डडेल्धुरा
२०७७ श्रावण १९ सोमबार ११:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सेती नदीमा बेपत्ता दुई स्वास्थ्यकर्मीमध्ये एकजनाको  शव फेला

Read Time : < 1 मिनेट
करण ताम्राकार, डडेल्धुरा
२०७७ श्रावण १९ सोमबार ११:१३:००

सेती नदीमा नुहाउने क्रममा शनिबार दिउँसो बेपत्ता भएका डडेल्धुरा अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीमध्ये एकजनाको शव फेलापरेको छ । बेपत्तामध्ये डडेल्धुराको पर्शुराम नगरपालिका घर भएका ल्याब असिस्टेन्ट हरिश जोशीको शव डोटीको केआइसिंह गाउँपालिकाको नारीदाङमा आइतबार साँझ फेलापरेको प्रहरीले जनाएको छ ।

घटनास्थलभन्दा निकै टाढा जोशीको शव फेलापरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले बताए ।  ‘शव फेलापरेको छ, अहिले प्रहरी टोली त्यहीँ छ । अर्का बेपत्ताको भने खोजीकार्य भइरहेको छ,’ उनले भने ।

शनिबार डोटीस्थित शैलश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर नगरपालिका– १० सेती किनार गहनानमा नुहाउन गएका चारजनामध्ये तीनजनालाई सेतीले बगाएको थियो ।

डडेल्धुरा अस्पतालमा कार्यरत चारैजना बिहानै शैलश्वरी मन्दिर दर्शनका लागि गएका थिए । मन्दिर दर्शन गरी फर्किँदा नुहाउने क्रममा उनीहरूमध्ये तीनजनालाई नदीले बगाएको थियो । बगेकामध्ये खगेन्द्र कुँवरलाई स्थानीयले उद्धार गरी बचाएका थिए भने हरिश जोशी र बझाङ स्थायी घर भएका हेल्थ असिस्टेन्ट विनय सिंह बेपत्ता भएका थिए ।

बेपत्ता भएका स्वास्थ्यकर्मीलाई सातजना सशस्त्र प्रहरीको गोताखोर टिमले खोजिरहेको छ ।