१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७७ श्रावण १९ सोमबार १०:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मेलम्ची पहिरो : पाँच शव फेला, दुईको पहिचान

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७७ श्रावण १९ सोमबार १०:४८:००

मेलम्ची– ११ मा गएराति पहिरोले पुरिएका आठमध्ये पाँचजनाको शव फेलापरेको छ ।  इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले दिएको जानकारीअनुसार पाँचमध्ये दुई शवको पहिचान खुलेको छ । 

वीरगन्जनिवासी राजेन्द्र चौरासिया र प्रदीप चौरासियाको पहिचान खुलेको हो । बेपत्ता तीनको खोजीकार्य जारी रहेको तामाङले बताए । त्यसैगरी रातभर परेको भारी वर्षाले पाँचपोखरी थाङ्पाल गाउँपालिकाको बरुवामा पहिरोले घर पुरिँदा एकको मृत्यु भएको छ । एक अझै बेपत्ता छन् ।

 तिपेनीबाट गएको प्रहरी घटनास्थल पुग्न अझै दुई घन्टा लाग्ने भएकोले विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

यता बाह्रबिसे नगरपालिका– २ मा पहिरोले १३ घर पुरेको छ । पशुचौपाया पुरे पनि मानवीय क्षति नभएको वडाध्यक्ष बमबहादुर तामाङले बताए । पहिरो गइरहेकोले करिब सय घरका परिवार गाउँ छोडेर सुरक्षित स्थानतर्फ भागेका छन् ।