१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सहयोग गरेको रकम पहिरोपीडित अनबहादुर थापालाई हस्तान्तरण गर्दै नयाँ पत्रिकाकर्मी उपेन्द्र खनाल ।
२०७७ श्रावण १८ आइतबार २१:५९:००
Read Time : < 1 मिनेट
समाचार

पहिरोपीडित अनबहादुलाई राप्रपा अध्यक्ष लोहनीको १५ हजार सहयोग 

Read Time : < 1 मिनेट
२०७७ श्रावण १८ आइतबार २१:५९:००

पहिरोमा परी एकैपरिवारका पाँच सदस्य गुमाएका रिसिङ गाउँपालिका– ८ भैंसिकिलीका अनबहादुर थापालाई राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले १५ हजार रुपैयाँ सहयोग गरेका छन् । पीडित परिवारसम्बन्धी नयाँ पत्रिकामा आइतबार प्रकाशित समाचार पढेपछि सानै भए पनि सहयोग गर्ने कोसिस गरेको लोहनीले बताए । 

उनले पठाएको १५ हजार रुपैयाँ नयाँ पत्रिकाकर्मी उपेन्द्र खनालले अनबहादुरलाई आइतबारै हस्तान्तरण गरेका छन् । परिवार गुमाएर पीडामा रहेको अवस्थामा टाढाबाट समेत आर्थिक सहयोग भएकोमा राहत महसुस गरेको उनले बताए । ‘पीडामा परेको वेलामा उहाँहरूले सहयोग र सान्त्वना दिएर गर्नुभएको सहयोगप्रति आभारी छु,’ उनले भने । आइतबार हजुरबुबालाई ७ वर्षीया नातिनीको प्रश्न मम्मीबाबा खोइ ?’ भन्ने शीर्षकमा नयाँ पत्रिकामा समाचार प्रकाशित भएको थियो । २९ असारमा गएको पहिरोमा परी अनबहादुरका दुई छोरा दुई बुहारी र नातिनी गरी पाँचजनाका ज्यान गएको थियो ।