मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ श्रावण १८ आइतबार २१:४७:००
Read Time : < 1 मिनेट
समाचार

धनुषामा सोमबार रातिदेखि सात दिनका लागि निषेधाज्ञा जारी

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ श्रावण १८ आइतबार २१:४७:००

कोरोना भाइरस जोखिम बढ्दै गएपछि जिल्ला सुरक्षा समिति धनुषाले जनकपुरधाम उपमहानगरपालिकाभित्र एक साताका लागि निषेधाज्ञा जारी गरेको गरेको छ । सोमबार राति ११ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गर्नेे निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । तोकिएकोबाहेक कोही पनि बाहिर निस्कन नपाउने उनले बताए । प्रजिअ भट्टराईले यसअवधिका अत्यावश्यक सेवा भने खुला रहेन बताए ।

प्रशासनले औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका साधन, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत् सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुपक्षीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कसपलाई अत्यावश्यक सेवामा राखेको छ । निषेधाज्ञालाई उल्लंघन गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्ने समितिले जनाएको छ ।