Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १८ आइतबार १६:३६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमित थप एकजनाको मृत्यु,  हालसम्म ५७ जनाकाे निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १८ आइतबार १६:३६:००

कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सा जिल्ला वीरगन्ज महानगरपालिका– १६ बस्ने ६८ वर्षीया महिलाको शनिबार निधन भएको हो ।

ज्वरो, खोकी तथा श्वास–प्रश्वासमा समस्या भएपछि १४ साउनमा वीरगन्जस्थित नारायणी बयोधा अस्पतालको आइसियूमा भर्ना गरिएकोमा अवस्था जटिल भएपछि उनलाई शनिबार नारायणी कोभिड अस्पताल रेफर गरिएको थियो ।

अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 

गौतमका अनुसार उनलाई मधुमेह र उच्च रक्तचाप थियो । योसमेत देशभर कोरोनाका कारण निधन हुनेको संख्या ५७ पुगेको छ ।