मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण १८ आइतबार १६:२६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना मिटर : थप दुई सय ४६ मा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या २० हजार तीन सय ३२ पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण १८ आइतबार १६:२६:००

पछिल्लाे २४ घन्टामा देशभर गरिएकाे परीक्षणामा थप दुई सय ४६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

याेसमेत देशभर हालसम्म संक्रमितको संख्या २० हजार तीन सय ३२ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।  

विगत २४ घन्टामा आठ हजार आठ सय ३१ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो अवधिमा एक सय ११ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६ सय तीन पुगेको छ । 

संक्रमण निको हुने दर ७१.८ प्रतिशत रहेकाे गौतमले जानकारी दिए ।  

हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ६ सय ७२ र क्वारेन्टाइनमा बस्नेको संख्या १० हजार नौ सय ३४ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।