१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण १८ आइतबार १५:०७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

धरानमा नाैजनामा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
२०७७ श्रावण १८ आइतबार १५:०७:००

धरान उपमहानगरपालिकामा आइतबार नाैजनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

गत १५ गते धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब संकलन भएकामध्ये एकैपटक नाैजनामा संक्रमण पुष्टि भएको हो । 

केही दिनअघि धरान– १३ बस्ने एकजनामा कोरोना संक्रमण भएको थियो । उनी काम गर्ने धरान– ८ तिनकुनेस्थित धरान औद्योगिक क्षेत्रको उद्योगमा कार्यरत दुईजना कर्मचारी तथा तिनका परिवार र एन्फा क्वारेन्टाइन बसेका चारजना रहेका छन् ।

एकजनाको स्थायी घर विराटनगर र अर्काको स्थायी घर जनकपुर भएको बताइएको छ ।

विराटनगर घर हुने कर्मचारी धरान– १ मा बस्छन् । जनकपुर घर हुने परिवारसहित धरान ८ मा बस्दै आएका थिए ।  

जनकपुर घर भएका कर्मचारीका श्रीमती, नाै वर्षीया छोरी र पाँच वर्षीय छोरालाई संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका अधिकृत रामबाबु यादवले जानकारी दिए । 

पाँचजना धरान– १३ का युवामा कोरोना देखिएपछि उनको सम्पर्कमा रहेका व्यक्तिलाई गत १५ गते स्वाब संकलन गरिएको थियो । 

यता अन्य चारजना भने भारतको मणिपुरबाट गत साउन १४ गते आएर धरान १७ एन्फा क्वारेन्टाइनमा बसेका थिए । 

धरान घर भएका उनीहरूको पनि साउन १५ गते स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि लगिएको थियो । 

५० जनाको परीक्षण गर्दा नाैजनामा पाेजेटिभ देखिएको छ । धरानमा कोरोना संक्रमितको संख्या २४ जना पुगेको छ । 

नाैजनामा संक्रमणको पुष्टि भएपछि उनीहरूलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित आइसोलेसन वार्डमा भर्ना गरिएको अधिकृत यादवले जानकारी दिए ।