Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
रमेश रावल सुर्खेत
२०७७ श्रावण १८ आइतबार १४:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीपहिरोले भत्काएका घर कर्णाली प्रदेश सरकारले निर्माण गर्ने

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७७ श्रावण १८ आइतबार १४:२९:००

बाढीपहिरोमा परी घरबारविहीन भएकाहरूलाई प्रदेश सरकारले आवास निर्माण गरिदिने भएको छ । 

कर्णाली प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले बाढीपहिरोमा परेर घर भत्किएकाहरूको आवास प्रदेश सरकारले निर्माण गर्ने निर्णय गरेको हो । 

प्राकृतिक विपतकाे घटनाबाट पूर्ण रूपमा घर क्षति भएको घरपरिवारलाई आवास निर्माणका लागि राहतस्वरूप प्रतिपरिवार एक लाख रकम तत्काल उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको कर्णाली प्रदेश सरकारकी प्रवक्ता विमला केसीले बताइन् । 

‘कर्णालीका विभिन्न ठाउँमा बाढीपहिरोमा परी धेरै घरबारविहीन भएका छन्,’ उनले भनिन्, ‘बाढीपहिरोमा परेर घरबारविहीन भएकाहरूलाई तत्काल आवास निर्माणका लागि रकम उपलब्ध गराउने निर्णय भएको छ ।’

विपतबाट क्षति भएको घरपरिवारका लागि तीन महिनासम्म पुग्ने गरी प्रदेश सरकारले खाद्यान्न उपलब्ध गराउने प्रवक्ता केसीले जानकारी दिइन् ।