मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी नयाँ दिल्ली
२०७७ श्रावण १८ आइतबार १३:२०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोनाबाट भारतको उत्तरप्रदेश राज्यकी मन्त्री कमला रानीकाे निधन 

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
२०७७ श्रावण १८ आइतबार १३:२०:००

भारतको उत्तरप्रदेश राज्यकी प्रविधि तथा शिक्षामन्त्री ६२ वर्षीया कमला रानी वरुणको कोरोना संक्रमणबाट आइतबार मृत्यु भएको छ ।

उनलाई १८ जुलाईमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका लागि भर्ना गरिएको लखनउस्थित एसबिपिजिआईमै उनको मृत्यु भएको हो । 

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले वरुणको निधनमा गहिरो दुःख प्रकट गरेका छन् । उनले भनेका छन, ‘प्रदेशले आज समर्पित जननेतृ गुमाएकाे छ ।’