मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
करण ताम्राकार डडेल्धुरा
२०७७ श्रावण १८ आइतबार १३:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महाकाली राजमार्गमा जिप दुर्घटना : आठ घाइते, तीनको अवस्था गम्भीर

Read Time : < 1 मिनेट
करण ताम्राकार, डडेल्धुरा
२०७७ श्रावण १८ आइतबार १३:२२:००

डडेल्धुरामा जिप दुर्घटना भएको छ । 

शनिबार राति अमरगढी नगरपालिका– ७ रातामाटीमा जिप दुर्घटना हुँदा आठजना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीेले जनाएको छ । 

धनगढीबाट बझाङतर्फ गइरहेको जिप शनिबार राति करिब ११ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

चालकसहित आठजना बोकेको सुप प्रदेश ०१–००१ –ज ११५५ नम्बरको टाटा मुमो जिप दुर्घटना भएको पोखरा प्रहरी चौकी इञ्चार्ज प्रहरी नायव निरीक्षक शेरबहादुर बुढाऐरले जानकारी दिए ।

डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको रातामाटीनजिक जिप दुर्घटना भएको हो ।

जिपमा चालकसहित तीनजना महिला र पाँचजना पुरुष सवार थिए । अन्दाजी १२ र १३ वर्षका दुई बालक र एक युवक गरी तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उनको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । जिप सडकभन्दा करिब सय मिटर तल खसेको थियो । 

चालकका अनुसार स्ट्रिङले काम गर्न छोडेपछि दुर्घटना भएको बुझिएको छ । दुर्घटनाबारे यकिन जानकारी आउन भने बाँकी रहेको प्रहरीले जनाएको छ ।