मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण १८ आइतबार १२:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सभामुख सापकोटा, उनको स्वकीय सचिवालय र सुरक्षाकर्मी सबैकाे पिसिआर रिपाेर्ट नेगेटिभ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण १८ आइतबार १२:४८:००

सभामुख अग्निप्रसाद सापकोटा, उनको स्वकीय सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैका पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारीसाधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य प्रोटोकलअनुसार शुक्रबार सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाव संकलन गरी पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालबाट प्राप्त सबैको रिपोर्ट नेगेटिभ रहेकोे सभामुखकाे सचिवालयले बताएको छ ।