Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १८ आइतबार १२:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्राफिक महाशाखाकाे सेवा बन्द : उपत्यकामा खटिने झन्डै चार सय ट्राफिक प्रहरी क्वारेन्टाइनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १८ आइतबार १२:२५:००

महानगरीय ट्राफिक प्रहरी महाशाखा (बग्गीखाना)बाट प्रवाह हुने अत्यावश्यकबाहेकका सेवाहरू बन्द भएका छन् ।

महाशाखामा रहेका दुईजना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यकबाहेकका सेवा बन्द भएका हुन् । 

महाशाखा प्रमुख भीमप्रसाद ढकालसहित अहिले तीन सय ७५ जना नै क्वारेन्टाइनमा रहेका छन् ।

क्वारेन्टाइनमा रहेका प्रहरीको ट्रेसिङ गरेर पिसिआर परीक्षणको तयारी भइरहेको छ । 

उपत्यकाभित्र एक हजार पाँच सय ४५ ट्राफिक प्रहरी कार्यरत रहेका छन् । 

करिब चार सय प्रहरी क्वारेन्टाइनमा भएपछि ट्राफिक व्यवस्थापनमा केही अहसज हुने देखिएको छ । 

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरीमा पनि कोरोना पुष्टि भइसकेको छ ।