१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
श्रवण थापा सर्लाही
२०७७ श्रावण १८ आइतबार ११:२६:००
Read Time : < 1 मिनेट
समाचार

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक घाइते

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७७ श्रावण १८ आइतबार ११:२६:००

सर्लाहीको लालबन्दीमा दुई मोटरसाइकल एक–आपसमा ठोकिँदा दुईजनाको ज्यान गएको छ । 

शनिबार साँझ लालबन्दी नगरपालिका– १७ पूर्व–पश्चिम लोकमार्गस्थित घिमिरेचोकमा दुई मोरटसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको ज्यान गएको हो । 

साँझ पूर्वबाट पश्चिम जाँदै गरेको ज.१म २३३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर ३–०३–००३ प ६६८९ नम्बरको मोटरसाइकल  आपसमा ठोक्किएका थिए । 

दुर्घटनामा परेर घाइते २३३ नम्बर मोटरसाइकलचालक रौतहटको ईशनाथ नगरपालिमा– ७ बस्ने ५५ वर्षका नन्दकिशोर साह र ६६८९ नम्बरको मोटरसाइकलका चालक सर्लाही लालबन्दी नगरपलिका ५ बस्ने ५० वर्षका ब्रह्मदेव चौधरीको उपचारको लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको हो । 

घाइते दुवैजनालाई उपचारका लागि लालबन्दीस्थित अस्पताल पुऱ्याइएको थियो ।

घाइते साहको लालबन्दीमा सामान्य उपचारपश्चात् थप उपचारका लागि लालगढ लैजाँदै गर्दा बाटोमा ज्यान गएको थियो भने मृतक चौधरीलाई लालबन्दीस्थित अस्पताल पुऱ्याएलगत्तै डाक्टरले मृत घोषणा गरेका थिए ।

सोही घटनामा परेर घाइते २३३ नम्बरको मोटरसाइकलको पछाडि सवार ईशनाथ नगरपालिका– ७ निवासी श्याम साहको महेन्द्रनगरमा उपचार भइरहेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए ।