मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
डा. अदनान अबु एमर
२०७७ श्रावण १८ आइतबार ०९:४९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

वेस्टबैंक र गाजा समाप्त पार्दै छ इजरायल

इजरायली विद्वानले पिएलाई किनारा लगाउनुको गम्भीर परिणाम हुन सक्ने चेतावनी दिइसकेका छन् 

Read Time : > 2 मिनेट
डा. अदनान अबु एमर
२०७७ श्रावण १८ आइतबार ०९:४९:००

इजरायलले आफ्नो नियन्त्रणमा रहेको वेस्टबैंक क्षेत्रको ठूलो हिस्सा आफूमा समाहित गर्ने तयारी गरेको आशंकाबीच प्यालेस्टिनी राजनीतिक परिदृश्यमा उल्लेखनीय घटनाक्रम विकसित भइरहेका छन् । र, प्यालेस्टिनियन नेसनल अथरिटी (पिए) भंग हुने सम्भावना बढ्दै गएको देखिँदै छ । पिए सन् १९९३ को ओस्लो सम्झौताका आधारमा गाजा स्ट्रिप र वेस्टबैंकको ए र बी इलाकामा अन्तरिम शासन सञ्चालनका लागि सन् १९९४ मा स्थापित गरिएको थियो । गत मे महिनामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको नियन्त्रित भूभागलाई इजरायलमा गाभ्ने धम्कीको जवाफमा प्यालेस्टिनी अधिकारीले सुरक्षा समन्वय रोक्ने घोषणा गरे । त्यसलगत्तै अबु डिस, बेडोउ, क्वाताना र बेइट इक्सालगायत जेरुसलमका पूर्वी एवं उत्तरी क्षेत्रबाट इजरायली सुरक्षाबलसँग संयुक्त अनुगमनमा रहेका पिएका सुरक्षाबल पछि हटाइए ।

इजरायलको कब्जामा रहेका ती प्यालेस्टिनी भूभागबाट संकलन भएको कर पिएलाई वेस्टबैंक र गाजामा पारिश्रमिक भुक्तानी एवं सेवा–प्रवाहमा खर्च गर्न दिने गथ्र्याे, अब पिएले इजरायलबाट त्यो नलिने घोषणा गरिदिएको छ । त्यसैगरी, वेस्टबैंक र इजरायलमा बसेका प्यालेस्टिनीलाई परमिट जारी गर्न पनि पिएले बन्द गरिदिएको छ । जसबाट भ्रम पैदा हुँदा इजरायली सम्पर्क कार्यालय विशेषगरी अल–खालिलमा हजारौँ प्यालेस्टिनीको परमिटका लागि आवेदन दिन भिड लागेको छ । कोरोना भाइरसको प्रसारको आपत्कालीन अवस्थाका बाबजुद पिएले हरेक दिन इजरायली भूमिमा प्रवेश गर्ने कामदार, व्यापारी र बिरामीको प्रवेश रोक्नसमेत कुनै पहल गरेको छैन । विगतमा यहाँको शान्ति सुव्यवस्था सुनिश्चित गर्न पिए र इजरायलबीच प्यालेस्टिनीको अवागमनमा सधैँ समन्वय नहुने गथ्र्याे । 

ओस्लो सम्झौताअनुसार वेस्टबैंक र गाजा क्षेत्रमा स्वतन्त्र प्यालेस्टिनी राज्य निर्माणको संक्रमण अवधिका लागि अन्तरिम निकायका रूपमा सन् १९९४ मा स्थापित पिए शक्तिहीन बन्दै गएर सेवाप्रवाह निकायका रूपमा परिवर्तित हुँदै गएको छ । विगत केही वर्षयता प्यालेस्टाइनको अधिकार र स्वतन्त्र राज्यतर्फको यात्रामा इजरायलले गरिरहेको आक्रामक अतिक्रमणलाई ट्रम्प प्रशासनले पूरै साथ र समर्थन दिन थालेपछि पिएको राजनीतिक शक्ति क्षीण बनेर खुम्चिँदै गएको हो । जुन रमल्लाहका लागि स्वीकार्य हुनेछैन । जसकारण पिए डराएको छ । इजरायलले प्यालेस्टिनी जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गरेर पिएको शक्ति मात्रै कमजोर गराएको छैन, अन्ततः उसको राजनीतिक भूमिका नै समाप्त गरिदिएको छ । हालैमा पिएका अधिकारीले यसबारे आवाज उठाएका छन् ।

पिएलाई किनारा लगाइनु रमल्लाहका लागि मात्रै होइन, इजरायलका लागि पनि छिटै समस्या बन्नेछ । पिए आफ्ना सुरक्षाअंगहरू भंग गर्ने गरी अघि बढ्यो भने वेस्टबैंकलाई सुरक्षा प्रदान गर्ने जिम्मेवारी इजरायली अधिकारीको काँधमा आउनेछ, जसमा धेरै जोखिम छ ।

पिए स्थानीय परिषद्का रूपमा घटुवा हुन तयार नरहेको चेतावनी पनि दिएका छन् । साथसाथै, पिएले इजरायलमा गाभिने तयारी गरिरहेको आशंका पनि छ । इजरायली मिडियाका अनुसार हमासका सदस्यले पिएका कार्यालयमा भण्डार रहेका गैरकानुनी हतियार खोसेर वेस्टबैंकमा इजरायली बलविरुद्ध सशस्त्र हमला गर्न सक्ने आशंकाबीच पिएले जुन महिनामा ती हतियार हटाएको छ । ती हतियार दोस्रो इन्तिफादा समाप्त भएपछि नागरिकलाई निःशस्त्रीकरण गर्ने क्रममा सन् २००५ मा संकलन गरिएका थिए । त्यस्तै, पिएसँग इजरायली निकायबाट इजाजत प्राप्त दर्जनाैँ बख्तरबन्द गाडी, २६ हजार कालिनिस्कोभ एवं पेस्तोल छन् । वेस्टबैंकलाई इजरायलमा गाभ्नुअघि पिएले ती हतियार इजरायललाई नै बुझाउन चाहेको इजरायली टिभीले जनाएका छन् । पिए ट्रकमा हालेर ती हतियार रमल्लाहको उत्तरतर्फको बसोवास क्षेत्रनजिकै रहेको बेइट इलस्थित इजरायली सैन्य शिविर पठाउने योजनामा छ । साथै, वेस्टबैंकको सुरक्षाको पूरै जिम्मेवारी इजरायली आर्मीलाई दिने अनुमान गरिएको छ । यसैबीच, त्यहाँबाट गोप्य सुरक्षा कागजात हटाउन प्यालेस्टिनी खुफिया निकायलाई अह्राइएको पनि समाचार आएका छन् । इजरायल पिएको सुरक्षा सञ्चालनबारे पूर्ण जानकार रहेकाले उसको यो कदम प्यालेस्टिनी जनताका हातमा पर्न नदिन लक्षित छ । 

पिएलाई किनारा लगाइनु रमल्लाहका लागि मात्रै समस्या होइन, यो इजरायलका लागि पनि छिटै समस्या बन्नेछ । पिए आफ्ना सुरक्षाअंगहरू भंग गर्ने गरी अघि बढ्यो भने वेस्टबैंकलाई सुरक्षा प्रदान गर्ने जिम्मेवारी इजरायली अधिकारीको काँधमा आउनेछ, जसमा धेरै जोखिम छ । इजरायली विद्वान्हरूले पिएलाई किनारा लगाउनुको गम्भीर परिणाम हुन सक्ने चेतावनी दिइसकेका छन् । उनीहरू यो इजरायलका लागि दुःस्वप्न बन्न सक्ने भनिरहेका छन् । इजरायलले प्यालेस्टिनी जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापना गरेपछि तिनले इजरायलसँग जीवनस्तरमा सुधारको माग गर्नेछन् । इजरायलीबाट सेवाहरू खोज्न थाल्नेछन् । र, अन्ततः नागरिकताको माग गर्नेछन् । वास्तवमा, यही कारण र पश्चिमको दबाबका कारण इजरायली सरकार यी भागलाई इजरायलमा गाभ्न ढिलाइ गरिरहेको छ । त्यसमा इजरायली कन्जर्भेटिभ नेताको बुद्धिमताले पनि काम गरेको हुन सक्छ । किनकि इजरायलको त्यसतर्फको अग्रसरता पूरै प्यालेस्टाइनलाई औपनिवेश बनाउने चाहनातर्फ धकेलिन र भयावह परिस्थिति निम्तिन सक्ने कुरा उनीहरूले बुझेको हुनुपर्छ । 

(एमर गाजास्थित उम्हा विश्वविद्यालयको राजनीतिशास्त्र विभागका प्रमुख हुन्)
अलजजिराबाट