मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण १८ आइतबार ०६:४२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनएमबि बैंकले सार्वजनिक यातायातमा डिजिटल भुक्तानी व्यवस्था गर्ने

Read Time : < 1 मिनेट
२०७७ श्रावण १८ आइतबार ०६:४२:००

एनएमबि बैंकले सार्वजनिक यातायातमा डिजिटल भुक्तानी च्यानल प्रवद्र्घन गर्न एन–क्लाउड प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । बैंकले किपु बससेवा प्रालिद्वारा सञ्चालित यात्रु बसको भाडा कार्डको प्रयोग गरी सम्पर्करहित भुक्तानी व्यवस्था गर्न एन–क्लाउडसँग सम्झौता गरेको हो । 

सम्झौताअनुसार सम्पर्करहित कार्ड र पिओएस टर्मिनलहरूका माध्यमबाट सार्वजनिक यातायातमा डिजिटल भुक्तानी संकलन प्रणाली लागू गर्ने बैंकले जनाएको छ । यस परियोजनाको सुरुवात किपु बस सेवा प्रालिसँग हुने भएको छ ।

बैंकले चाँडै नै अन्य बस समितिसँग समझदारी गरी समानान्तर बस भाडा संकलन प्रणालीका लागि अन्य बस अपरेटरहरूसँग पनि सहकार्य सुरु गर्ने उद्देश्य लिएको जनाएको छ ।