Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण १८ आइतबार ०९:३४:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

स्वास्थ्यका लागि फाइदाजनक पानीपालक साग

विज्ञको सल्लाह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण १८ आइतबार ०९:३४:००

पानीपालक नेपालका लागि कुनै नौलो सब्जी होइन । यो साग नेपाल भित्रिएको धेरै वर्ष भइसकेको छ । फिलिपिन्समा यसको खेती अत्यधिक हुने गर्दछ । फिलिपिन्सबाटै यो बिस्तारै संसारभरि छाएको हो।

पालकलाई सागका रूपमा भुटेर या आलुमा मिसाएर फाडो तरकारी बनाएर पनि खाने गरिन्छ । नियमित रूपमा खान सकेमा पानीपालक स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ।

यस्ता छन् पानीपालकका फाइदा 

- कोलेस्ट्रोल हुने र लिभरको समस्या हुनेलाई पानीपालक अति उपयोगी मानिन्छ । 

- मुटुसम्बन्धी समस्या हुनेले खाँदा राम्रो हुन्छ ।

- आँखाको समस्या भएमा पानीपालक अति उत्तम हरियो सब्जी मानिन्छ । 

- हड्डीको विकासका लागि पानीपालक राम्रो तरकारी हो । 

- अल्सरका बिरामीले नियमित खाएमा यो समस्या कम हुन्छ । 

- दाँतको दुखाइ भएकाले र मूत्रनलीसम्बन्धी समस्या हुनेले पनि नियमित पानीपालक खाँदा राम्रो हुन्छ । 

- नाकबाट रगत आउने र छालासम्बन्धी समस्या हुनेलाई पानीपालक उत्तम मानिन्छ । 

-  गर्भवती महिलाका लागि त यो सब्जी निकै उपयोगी हुन्छ । 

- पानीपालकले भोग जगाउँछ ।

- मस्तिष्कसम्बन्धी समस्या समाधान गर्नुका साथै सम्झना शक्तिमा फाइदा पु-याउँछ ।

- बढ्दो उमेरको बच्चाका लागि लाभदायक हुन्छ ।

- ग्लुटिन फ्री भएकाले यो साग सबैका लागि फाइदाजनक मानिन्छ ।