Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ श्रावण १८ आइतबार ०९:१५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पर्सामा थप ४५ जनामा कोरोना संक्रमण 

Read Time : < 1 मिनेट
२०७७ श्रावण १८ आइतबार ०९:१५:००

पर्सामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको पिसिआर परीक्षणमा १४ महिला र ३१ पुरुषमा संक्रमण पुष्टि भएको हो । 

शनिबार थपिएका संक्रमित पाँचदेखि ६० वर्ष उमेर समूहका रहेको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । उनका अनुसार थपिएका कोरोना संक्रमित आफैँले पैसा तिरेर परीक्षण गराएका, मास टेस्टिङ र कन्ट्याक्ट ट्रेसिङबाट फेलापरेका हुन् ।

नयाँ थपिएका संक्रमितमध्ये ४३ जना वीरगन्ज महानगरपालिकानिवासी छन् भने बाँकी ठोरी गाउँपालिका र सखुवा प्रसौनी गाउँपालिकाका एक-एकजना रहेकाे डा. उपाध्यायले बताए । योसँगै पर्सामा अहिलेसम्म संक्रमित हुनेको संख्या पाँच सय सात पुगेको छ ।