Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण १९ सोमबार
  • Monday, 03 August, 2020
तिवारी यादव वीरगन्ज
२०७७ श्रावण १७ शनिबार २२:०३:००
कोरोना अपडेट डिजिटल संस्करण

पर्सामा कोरोना संक्रमित थप एक महिलाको मृत्यु

२०७७ श्रावण १७ शनिबार २२:०३:००

नारायणी बयोधा अस्पतालमा उपचाररत ६८ वर्षीया कोरोना संक्रमित महिलाको शनिबार साँझ मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१६ नगवा घर भएकी महिलाको साँझ ६ बजे मृत्यु भएको नारायणी अस्थायी कोरोना अस्पतालका डा. उदयनारायण सिंहले जानकारी दिए । उनका अनुसार शुक्रबार राति ६४ जना कोरोना पोजेटिभ पुष्टि भएकाहरूमध्ये उनी पनि एक हुन् । डा. सिंहका अनुसार ती महिला १४ साउनमा बयोधा अस्पतालमा भर्ना भएकी थिइन् ।

यसअघि शुक्रबार बिहान बयोधा अस्पतालमै उपाचाररत  वीरगन्ज– १६ नगवाकै ५० वर्षीया महिलाको मृत्यु भएको थियो । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले साउनमा मात्रै कोरोनाका कारण ११ जनाको मृत्यु भइसकेको छ। साउनमा मृत्यु भएका ११ जना सबै वीरगन्जकै स्थानीय हुन्।

साउनअघि वीरगन्जको अस्पतालमा मृत्यु भएका चारजनामध्ये दुईजना बाराका र एकजना रौतहटका हुन्।  ३१ जेठमा वीरगन्जको घन्टाघरमा बेवारिसे अवस्थामा भेटिएको एक संक्रमित शवको भने अझै सनाखत भएको छैन ।