१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका नवलपरासी
२०७७ श्रावण १७ शनिबार १९:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओली पाँच वर्षसम्मै प्रधानमन्त्री : मुख्यमन्त्री गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नवलपरासी
२०७७ श्रावण १७ शनिबार १९:१४:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउन नहुने बताएका छन् । शनिबार नवलपरासी पूर्वको कावासोती आएका गुरुङले पत्रकारहरूसँग कुरा गर्दै ओलीलाई पाँच वर्षका लागि प्रधानमन्त्री बनाउन जनताले म्यान्डेट दिएको बताए । 

गुरुङले पार्टीभित्र आन्तरिक विवाद रहेको, तर वैचारिक विवाद नभई जुँगाको लडाइँ मात्रै भएको टिप्पणी गरे । व्यक्तिगत रूपमा चार ‘ल’ (ओली, दाहाल, नेपाल, खनाल) ले पार्टीलाई सताएको आरोप लगाए । गुरुङले पार्टीलाई दुर्घटनाबाट बचाउन सहमति गरी एकताको महाधिवेशन गर्नुपर्नेमा जोड दिए । 

गुरुङले संघीय सरकारले सहयोग नगर्दा भारतीय सिमानासँग जोडिएको त्रिवेणी नाकामा पक्की सडक लैजान नसकिएको बताए । गण्डकी प्रदेशको भारतीय सिमानासँग जोडिने एक मात्र दुम्कीबास–त्रिवेणी सडक निर्माणका लागि चितवन निकुञ्ज र संघीय मन्त्रालयमातहत रहेको वन कार्यालयले सहयोग नगरेका कारण काम हुन नसकेको उनको आरोप छ ।