मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तिवारी यादव वीरगन्ज
२०७७ श्रावण १७ शनिबार १७:४६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

नारायणी बयोधा अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि 

Read Time : < 1 मिनेट
२०७७ श्रावण १७ शनिबार १७:४६:००

वीरगन्जको नारायणी बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्ज महानगरपालिका– १६ नगवाकी ५० वर्षीया महिलाको शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको थियो । मृत्युपश्चात् भएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि देखिएको हो । 

उनको बुधबारदेखि उपचार हुँदै आएको र शुक्रबार बिहान सवा दश बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । ल्याब रिपाेर्ट भने शक्रबार राति ११ बजे आएको हो । मृतक महिलासहित ६४ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिए । उनका अनुसार मृत्यु भएकी महिला अस्पतालमा निमोनिया उपचारका लागि आएकी थिइन् ।