मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
करण ताम्राकार डडेल्धुरा
२०७७ श्रावण १७ शनिबार १६:२९:००
Read Time : < 1 मिनेट
प्रदेश

आज सहिद भीमदत्त पन्तको ६७औँ स्मृति दिवस

Read Time : < 1 मिनेट
करण ताम्राकार, डडेल्धुरा
२०७७ श्रावण १७ शनिबार १६:२९:००

आज क्रान्तिकारी कृषक नेता भीमदत्त पन्तको ६७औँ स्मृति दिवस ।  ‘कि त जोत हलो, कि त छोड थलो, यदि हाेइन भने अब छैन भलो’ स्व. क्रान्तिकारी किसान नेता तथा सहिद भीमदत्त पन्तले भूमि अधिकारका पक्षमा दिएका नारा हालसम्म स्थापित हुन सकेका छैन ।

सहिद पन्तलाई धेरैले आदर्शका रूपमा मान्ने गरे पनि उनले अँगालेका  नीति व्यवहारमा उतार्न नसक्दा जोताहा कृषक हालसम्म जग्गाका मालिक बन्न सकेका छैनन् ।

भीमदत्त स्मृति प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद भट्टले भीमदत्त पन्तलाई सहिद घोषणा गरेर मात्र उहाँको सम्मान नहुने बताए ।  उनले भने, ‘जोताहा कृषक जग्गाको मालिक बने मात्रै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।’