Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण १७ शनिबार १६:१९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

काेराेना मिटर : संक्रमितको संख्या २० हजार नाघ्यो, आज थप तीन सय १५ मा संक्रमण पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण १७ शनिबार १६:१९:००

पछिल्लो २४ घन्टामा तीन सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपसमेत कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले शनिबार गरेको नियमित मिडिया ब्रिफिङमा विगत २४ घन्टामा ९२ जना निको भएर संक्रमणमुक्त भएको प्रवक्त डा. जागेश्वर गौतमले बताए । 

गौतमका अनुसार विगत २४ घन्टामा ६ हजार नौ सय ९३ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको हो । 

हाल सक्रिय संक्रमित पाँच हजार तीन सय ३८ जना छन् ।