मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण १७ शनिबार १६:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा डेँगुको संक्रमणदर बढ्दै

Read Time : < 1 मिनेट
२०७७ श्रावण १७ शनिबार १६:१८:००

लमजुङमा पछिल्लो समय  डेँगुको संक्रमण बढेको छ ।  बुधबार, बिहीबार र शुक्रबार तीन दिनमा तीनजनामा डेँगुको संक्रमण देखिएको लमजुङ जिल्ला सामुदायिक अस्पतालले जनाएको छ ।

अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार बुधबार बेसीसहर नगरपालिका– ३ का १७ वर्षीया महिलामा डेँगुको  संक्रमण देखिएको हो । यस्तै बिहीबार बेसीसहर नगरपालिका– ९ का २१ वर्षीय पुरुषमा र शुक्रबार बेसीसहर नगरपालिका– ८ का २९ वर्षीय पुरुषमा डेँगुको संक्रमण देखिएको हो ।

टाउको दुख्ने र उच्च ज्वरो आउने समस्यापछि अस्पतालमा आएका तीनैजनाको परीक्षण गर्दा डेँगुको संक्रमण  देखिएकाे अस्पताल प्रमुख श्रेष्ठले बताए ।

स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले पछिल्लो समय तीनजनामा डेँगु रोगको संक्रमण देखिएको र उनीहरूको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको बताए ।

दवाडीका अनुसार यसअघि असार ३० गते क्व्होलासोंथर गाउँपालिका  २ मालिङ घर भई बेसीसहर नगरपालिका– ७ घलेगाउँचोक बस्ने २९ वर्षीया महिलामा डेँगु देखिएको थियो । आर्थिक वर्ष ०७६/७७ मा जिल्लामा पाँच जनामा डेँगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख दवाडीले बताए ।

लामखुट्टेको टोकाइबाट सर्ने यो रोग एक व्यक्तिबाट अर्काे व्यक्तिमा  सजिलै सर्न सक्ने भएकाले सचेत रहन स्वास्थ्य कार्यालय लमजुङले सबैमा आग्रह गरेको छ ।