१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण १७ शनिबार १४:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एकता जोगाउने नाममा गलत विचार र प्रवृत्तिको ढाकछोप गर्न सकिँदैन : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण १७ शनिबार १४:२९:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता जोगाउने नाममा गलत विचार र प्रवृत्तिको ढाकछोप गर्न नसकिने बताएका छन्  । 

कम्युनिस्ट नेता तुलसीलाल अमात्यको २३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले गलत विचार र प्रवृत्तिहरूको ढाकछोप नगरी फर्स्याेट गर्नुपर्ने बताए । 

कुनै पनि बहानामा पार्टी विभाजन हुनुहुँदैन भन्ने जनताको चाहाना नेतृत्वले बुझेको उल्लेख गर्दै प्रचण्डले भने, ‘आमजनता र कार्यकर्ताको चाहाना पार्टी विभाजित नहोस् भन्ने छ, नेतृत्वको हैसियतले हामीले त्याे कुरा राम्रोसँग बुझेका छौँ । तर, एकता अक्षुग्ण राख्ने नाममा विभिन्न विचार, प्रवृत्ति र इस्युहरूको बहस ढाकछोप र छोपछाप हुनुहुँदैन । तिनको फर्स्याेट ठीक ढंगले गरिनुपर्छ भन्ने कुरामा पनि सचेत छौँ । पुराना नेताहरूप्रति श्रद्धासुमन र सम्मान प्रकट गर्दा लिनैपर्ने शिक्षा यही हो ।’

अध्यक्ष प्रचण्डले समाचारहरूमा आएजस्तो पद प्राप्तिका लागि पार्टीभित्र कुनै विवाद नरहेको उल्लेख गर्दै विधि र पद्धतिको पालना कसरी गराउने भन्ने विषयमा छलफल केन्द्रित रहेको बताए ।

उनले भने, ‘पटक-पटक पद दिएर कम्युनिस्ट आन्दोलन एकताबद्ध हुन नदिने कसरतहरूसँग हामी लडेर आएको हो ।’

उनले अस्थिरता झल्किने कुनै पनि काम नहोस् भन्नका लागि आफ्नोतर्फबाट त्याग गरेकाे बताए । ‘त्यसैले पद प्राप्तिका लागि छिनाझम्टी होइन । यो कम्युनिस्ट विचार र विधिको संयोजनबाट चल्ने पार्टी हो । विचारलाई कसरी स्पष्ट पार्ने, इस्युहरूमा कसरी अगाडि जाने र विधि–पद्धतिको पालना कसरी गराउने भन्ने विषयमा नै केन्द्रित भएर हाम्रा छलफल चलिरहेका छन,’ उनले भने ।

अध्यक्ष प्रचण्डले अहिलेको बहसले पार्टीको एकतालाई अझ माथिल्लो स्तरमा लग्दै सुदृढ गर्ने बताए ।  पार्टी एकता टुटाउने–फुटाउने प्रवृत्तिहरूलाई सबै मिलेर परास्त गर्नुपर्ने उनले बताए ।