१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस/एएनआई नयाँ दिल्ली
२०७७ श्रावण १७ शनिबार १४:०८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

भारतमा एकैदिन ५७ हजारभन्दा बढीमा कोरोना पुष्टि 

Read Time : < 1 मिनेट
रासस/एएनआई नयाँ दिल्ली
२०७७ श्रावण १७ शनिबार १४:०८:००

भारतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ५७ हजार एक सय १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टमा ५७ हजार एक सय १७ जनामा संक्रमण पुष्टि भएको हाे । 

योसँगै देशभरि कोरोनाबाट संक्रमित हुनेको संख्या १६ लाख ९५ हजार नौ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको वेबसाइटमा उल्लेख भएअनुसार हालसम्म १० लाख ९४ हजार तीन सय ७४ जना निको भइसकेका छन् । हाल सक्रिय संक्रमित पाँच लाख ६५ हजार एक सय तीनजना मात्र छन् । 

भारतमा कोरोनाका कारण अहिलेसम्म ३६ हजार पाँच सय ११ जनाको मृत्यु भएको छ । तीमध्ये सात सय ६४ जनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको हो ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कोरोनाले सबैभन्दा धेरै महाराष्ट्र प्रदेशलाई असर पारेको छ ।