मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण १७ शनिबार १२:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्डद्वारा बकर इदको शुभकामना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण १७ शनिबार १२:०१:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व बकर इदको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

शनिबार प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले नेपाल भौगोलिक तथा सांस्कृतिक विविधताले भरिएको देश भएकाले विविध भाषा, धर्म, कला, साहित्य, परम्परा, चालचलन, मान्यता, चाडपर्व वा संस्कारको अस्तित्व, मान्यता एवं अवस्था नै सांस्कृतिक विविधता भएको उल्लेख गरेका छन्  । 

उनले पुरानो सोच र संस्कृतिको अन्त्य गर्दै नयाँ वैचारिक आधारमा नयाँ सोच र संस्कृतिको विकास गर्नु अपरिहार्य रहेको प्रस्ट पारेका छन् । नेपाली जनताले नयाँ विचारको विकासका आधारमा आर्थिक समृद्धिका लागि आफ्नो मत प्रकट गरेको उनको ठहर छ । 

जनताको आशा र भरोसाको  सम्मान  भनेको विचारअनुरूपको नेतृत्व निर्माण भएकाले यसको पक्षमा दृढतापूर्वक अघि बढ्न आग्रह गर्दै बकर इद पर्वका अवसरमा सम्पूर्ण नेपाली जनताको सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।