मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण १७ शनिबार ११:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन एकताबद्ध हुनुपर्छ :  प्रधानमन्त्री

Read Time : < 1 मिनेट
२०७७ श्रावण १७ शनिबार ११:३०:००

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।  

तुलसीलाल अमात्यको २३औँ स्मृति दिवसका अवसरमा शनिबार श्रद्धाञ्जली वक्तव्य जारी गर्दै उनले अग्रजका सपना साकार पार्न एकताबद्ध हुनुपर्ने बताएका हुन् । 

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा अगाडि सारेको उल्लेख गर्दै उनले पुँजी र प्रविधिको प्रयोग गरेर उत्पादन र निर्यात बढाउने तथा आयात घटाउने बाटोबाट समृद्धि हासिल हुने बताए ।

समानतालाई समृद्धिसँग जोडेर मुलुकमा परिवर्तन ल्याउन हामी अग्रसर रहेका छौँ भन्दै जनताको जीवनमा समृद्धिसहितको समानता हासिल गरी अमात्यका योगदानलाई चिरस्मरणीय बनाउन पनि उनले आह्वान गरेका छन् । 

अमात्य नेपालको पहिलो पुस्ताका कम्युनिस्ट नेता थिए ।  १५ सेप्टेम्बर सन् १९४९ मा पार्टीका संस्थापक महासचिव पुष्पलालको नेतृत्वमा कम्युनिस्ट घोषणापत्र जारी गर्दा उनी पनि सहभागी थिए ।

वि.सं. २००८ मा स्थापना भएको अखिल नेपाल किसान संघको उनी संस्थापक अध्यक्ष थिए ।  वि.सं. २००९ देखि २०१४ सम्म नेपालमा भएका ठूला किसान विद्रोहको नेतृत्व उनले नै गरेका थिए ।  

वि.सं. २०१५ मा भएको पहिलो संसदीय निर्वाचनमा उनले ललितपुरबाट नेपाल कम्युनिस्ट पार्टीको सांसद भई संसदीय दलको नेतृत्व गरेका थिए ।