१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
करण ताम्राकार डडेल्धुरा
२०७७ श्रावण १७ शनिबार १०:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डडेल्धुराको भीमदत्त राजमार्गमा माइक्रो दुर्घटना, १७ जना घाइते 

Read Time : < 1 मिनेट
करण ताम्राकार, डडेल्धुरा
२०७७ श्रावण १७ शनिबार १०:१५:००

डडेल्धुराको भीमदत्त राजमार्गमा माइक्रोबस दुर्घटना  भएको छ । भीमदत्त राजमार्गअन्तर्गत जिल्लाको आलिताल गाउँपालिका– १ घन्टेश्वर मन्दिरनजिक दुर्घटना  हुँदा १७ जना घाइते भएका छन् ।

भारतबाट आएका मान्छे लिएर धनगढीदेखि बझाङतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१–ख २३२३ नं. को माइक्रोबस शनिबार बिहान करिब ३ बजेतिर दुर्घटनामा परेको डडेल्धुरा प्रहरीले जनाएको छ ।  

माइक्रो अनियन्त्रित भएर सडकभन्दा अन्दाजी   १०–१५ मिटर तल खस्दा  सवार १७ जना घाइते भएको डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । 

घाइते हुनेमा  तलकोट गाउँपालिका– २ बस्ने  ३०  वर्षीय हिमाल माझी (साहु) र कैलाली गोदावरी नगरपालिका– ६ बस्ने २५ वर्षीय शिवराज फुलारालाई उपचारका लागि धनगढी पठाइएको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताए ।  

त्यस्तै, अन्य घाइते  तलकोट गाउँपालिका– २ का २३ वर्षीया सुशीला धामी, सोही ठाउँकी ६० वर्षीया हिमकला रोकाया, २६ वर्षीय भक्त रोकाया, १८ वर्षीय दीपेन्द्र कुँवर, १८ वर्षीय  अशोक कुँवर, ३५ वर्षीय  मीनबहादुर कुँवर रहेका छन् ।

 यस्तै ४६ वर्षीय गोरख कुँवर, ४२ वर्षीय गंगा कुँवर, २४ वर्षीय अमृत धमेना, २६ वर्षीय  वीरेन्द्र धामी, १८ वर्षीय रोशन कुँवर, २३ वर्षीय देव कुँवर, १८ वर्षीय जोवन धमेना, सात वर्षीय  पवन धामी, र ६ वर्षीय अनुप रोकाया रहेका छन् । घाइते १५ जनाको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ  ।