१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ श्रावण १६ शुक्रबार २१:४९:००
Read Time : < 1 मिनेट
प्रदेश

बारामा आइतबारदेखि पुनः निषेधाज्ञा 

Read Time : < 1 मिनेट
२०७७ श्रावण १६ शुक्रबार २१:४९:००

जिल्ला प्रशासन कार्यालय बाराले आइतबारदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । छिमेकी जिल्ला वीरगन्जमा कोभिड–१९ संक्रमितको संख्या निरन्तर बढिरहेको र बारामा पनि यसको जोखिम भएका कारण निषेधाज्ञा जारी गरेको हो । 

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आइतबार बिहान ५ बजेदेखि लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको हो । केही दिनअघि मात्र जितपुरसिमरा उपमहानगरको जितपुरमा रहेको स्वास्थ्य चौकीका एक कर्मचारी र सोही स्थानमा रहेको एक उद्योगका प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएका दुवैजनालाई वीरगन्जस्थित गण्डक अस्पतालमा उपचार गराउने क्रममा अधिकृतको शुक्रबार बिहान मृत्यु भएको छ भने अर्का व्यक्तिको उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ । 
जिल्ला प्रशासन कार्यालय, बाराले शुक्रबार जारी गरेकाे सूचनामा अर्को सूचना जारी नहुञ्जेलसम्म जिल्लाभर निषेधाज्ञा लागू हुने जनाएको छ ।