मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७७ श्रावण १६ शुक्रबार २०:२२:००
Read Time : < 1 मिनेट
प्रदेश

विप्लव नेतृत्वको नेकपाका रुपन्देही इन्चार्जसहित १० नेता–कार्यकर्ता पक्राउ 

Read Time : < 1 मिनेट
२०७७ श्रावण १६ शुक्रबार २०:२२:००

नेत्रविक्रम चन्द विप्लवले नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का रुपन्देही इन्चार्जसहित १० जना पक्राउ परेका छन् । प्रहरीले रुपन्देहीबाट विप्लवका जिल्ला इन्चार्ज संगम पुन र नेताहरू विश्वास भट्टराई, नवीन थारू, माधव न्यौपाने, अजमहमद मियाँलगायत १० नेता–कार्यकर्ता पक्राउ परेको विप्लवनिकट स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले पनि इन्चार्जसहित केही व्यक्ति पक्राउ परेको बताए ।