मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण १६ शुक्रबार १९:०९:००
Read Time : < 1 मिनेट
प्रदेश

बागमती प्रदेशको सात करोड लगानीमा ७५ वटा पार्क निर्माण

Read Time : < 1 मिनेट
२०७७ श्रावण १६ शुक्रबार १९:०९:००

बागमती प्रदेशका १३ जिल्लामा सात करोड लगानीमा ७५ वटा पार्क निर्माण भएका छन् । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले काठमाडौंसहित १३ जिल्लामा ७५ वटा पार्क निर्माण गरेको हो ।

मन्त्रालयका सचिव शिवकुमार वाग्लेका अनुसार सरकारले ‘हरित सहर’ अभियानअन्तर्गत पार्क निर्माण गरेको हो । निर्माण भएका पार्कहरूरु स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रक्रियामा रहेको सचिव वाग्ले जानकारी दिए । पार्क संरक्षणको अभाव भएकाले दिगो विकासका लागि स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी भएको वाग्लेको भनाइ छ । प्रदेश सरकार गठनपछि मन्त्रालयअन्तर्गतको पर्यटन विकास आयोजनामार्फत काठमाडौंमा १२ करोड लगानीमा ४१, भक्तपुरमा एक करोड २४ लाखमा चार, ललितपुरमा आठवटा पार्क निर्माण गरिएको तथ्यांकमा उल्लेख छ ।

प्रदेशका सबै जिल्लामा ‘हरित अभियान’ 
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेशको सबै जिल्ला सदरमुकाममा ‘हरित अभियान’ सञ्चालन गर्ने भएको छ । बजार क्षेत्रमा बढ्दो अतिक्रमण न्यूनीकरण र बाँझो रहेका सार्वजनिक जमिनलाई वृक्षरोपण गरेर प्रयोगमा ल्याउनका लागि अभियान सञ्चालन गर्न लागिएको हो । 

संघीय राजधानी काठमाडौंमा यो अभियान जारी रहे पनि चालू आर्थिक वर्ष ०७७–७८ बाट बाँकी १० वटै जिल्लामा सुरु गरिने मन्त्री अरुण नेपालले बताए । हरित अभियानअन्तर्गत सहरमा पार्कसँगै सडक करिडोरमा वृक्षरोपण गर्ने मन्त्रालयको योजना छ । सहरका विभिन्न क्षेत्रमा खाली रहेका जमिनमा साना पार्क निर्माणसँगै वृक्षरोपण गरेर विश्राम स्थलसमेत बनाइने मन्त्री नेपालले जानकारी दिए । 

हरित सहर निर्माणको लागि काठमाडौंको कागेश्वरी–मूलपानीको एक किलोमिटर, जडीबुटी–पेप्सिकोला २.५ किलोमिटर, हात्तीसार–जयनेपाल करिडोरमा एक किलोमिटर, बागमती करिडोरमा १० किलोमिटर, विष्णुमती, मनहरा खोला र धोबीखोला करिडोरमा वृक्षरोपण गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।