१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फाइल फोटो
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १६ शुक्रबार १७:१७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा किन ढिलाइ ? संसदीय समितिले खोज्यो कारण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १६ शुक्रबार १७:१७:००

प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले नेपाल टेलिकमको फोरजी सेवा विस्तार कार्य निर्धारित समयमा सम्पन्न हुन नसक्नुको कारण समितिमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । नेपाल टेलिकमको सेवा प्रभावकारिता सम्बन्धमा छलफल गर्न बसेको समितिको बैठकले टेलिकमको फोरजी सेवा विस्तार निर्धारित समयभित्र सम्पन्न हुन नसक्नुको कारण सात दिनभित्र समितिमा उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो । 

समिति सभापति कल्याणीकुमारी खड्काले टेलिकमले प्रदान गर्ने सेवा प्रभावकारी नभएको जनगुनासो आएकाले गुणस्तरीय र नागरिकले अपेक्षा गरेअनुरूप सेवा विस्तार गर्न कार्ययोजना तयार गरी ३० दिनभित्र समितिमा पेस गर्नसमेत निर्देशन दिइएको बताइन् । नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउन अगाडि बढाइएको प्रक्रियाको सन्दर्भमा कस्तो मोडालिटीमा काम भइरहेको छ भन्ने सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था गरी सोको जानकारी गराउनसमेत समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले नेपाल दूरसञ्चारसँग आबद्ध नेपाल टेलिकम र अन्य निजी सेवा प्रदायक संस्थाहरूबाट गत आर्थिक वर्षमा ग्राहकलाई वितरण गरेको सिमकार्डको विवरण सात दिनभित्र उपलब्ध गराउनसमेत मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । त्यस्तै नेपालभित्र सञ्चालित दूरसञ्चार संस्थाहरूको आर्थिक अवस्थाको विवरणसमेत समितिले मागेको छ ।