१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १६ शुक्रबार १७:१३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

जनस्वास्थ्यका मापदण्ड नअपनाए अस्पतालमा बेड र आइसियू नपाउने सम्भावना : स्वास्थ्य मन्त्रालय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १६ शुक्रबार १७:१३:००

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समूहमा बस्नेमा संक्रमण बढेको भन्दै जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना नगरे दुर्घटना हुन सक्ने भन्दै सचेत गराएकाे छ ।

मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा शुक्रबार प्रवक्ता डा. जागेश्वर गौतमले जनस्वास्थ्यका मापदण्ड नअपनाए अस्पतालमा बेड र आइसियू नपाउने सम्भावना आउन सक्ने बताए ।

लकडाउन खुकुलाे भएपछि भिडभाड बढेको, सिराहामा बिहीबार आमसभा भएको र काठमाडौंंमा केही दिनयता सभाहरू भएको प्रसंग उल्लेख गर्दै उनले कोरोना संक्रमण बढिरहेका वेला यस्तो नगर्न आग्रह गरे ।

‘यस्तो वेला पथपरहेजमा बस्नुपर्छ,’ उनले भने, ‘हामीले आग्रह गरे पनि पालना भएको छैन । यसले ठूलो दुर्घटना ल्याउन सक्छ ।’

उनले हालसालै भारतबाट ओखलढुंगामा कामदार लगिएको र त्यसमध्ये १८ जनामा कोरोना पुष्टि भएको उल्लेख गर्दै समूहमा संक्रमण बढेको बताए । 

‘प्रहरी र स्वास्थ्यकर्मीमा पोजेटिभ आउनु यसको उदाहरण हो,’ उनले भने, ‘वीरगन्जमा २८ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । लापरबाही गर्नुहुँदैन, मास्क कम्पलसरी लगाउनुपर्छ ।’

उनले हाल भारतबाट प्रवेश गर्ने घटेको बताए । बिहीबार भारतबाट ६ सय ५९ नेपाल आएको र नेपालबाट पाँच सय ६ जना भारत गएको उनले जानकारी दिए ।